Logo
३० वैशाख २०८२, मंगलबार

‘उडीउडी आ सुवा’मा अभिनेत्री शिल्पा

अक्षरपाटी
२०७९ चैत्र २५ , शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं । गायिका भावना आचार्य र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा ‘उडी उडी आ सुवा’ गीतको भिडियो सार्वजनिक भएको छ।

यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, लगायतका गीतहरु बजारमा ल्याइसकेकी भावनाले नयाँ गीत उडी उडी आ सुवा बजारमा ल्याएकी हुन्।

विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुब बिस्कोको संगीत छ भने नरेन्द्र बियोगीको एरेन्ज छ।

किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ । नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय छ।

राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन्। सम्पादन र कलरिङ मिन विश्वकर्माले गरेका हुन्।