Logo
१५ पुस २०८१, सोमबार

मनिषा बनिन् पाँचौ ब्युटिसियन ट्यालेन्ट

अक्षरपाटी
२०७९ चैत्र ३० , बिहीबार ०८:०४ मा प्रकाशित

काठमाडौं। ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन्।

उनले १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शीर्ष उपाधि चुमेकी हुन्।

मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अवसर, विभिन्न उपहार जितेकी छिन्।

प्रतियोगिताको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, प्रकाश पौडेल, सरोज लामिछाने, ब्युटिसियनहरु बिमला रिजाल, सुष्मा रावल थिए।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा आयोजना गरेको कार्यक्रममा बेष्ट स्माईलसहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारीले, मोस्ट इन्टेलिजेन्ट ब्युटिसियन सहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हात पािरन्।

सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियन सहित पब्लिक च्वाईस अवार्ड, गोमा खड्काले मल्टि मिडिया, बेष्ट हेयर टेक्निसियन सहित भिवर्स च्वाईसको उपाधि हासिल गरिन्

रजनी प्रजापतिले मस्ट कन्फिडेन्ट सहित म्यानेजमेन्ट च्वाईस अवार्ड, सरिता गोपालीले बेस्ट मेहेन्दी सहित म्यानेजमेन्ट च्वाईस अवार्ड प्राप्त गरे।

कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले व्युटिसियनहरुले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकुन भनेर उनीहरुको व्यक्तित्व विकाशको लागि बिगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।

ब्युटिसियन