काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा केहीबेर अघि अयोजियत समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट साउदले शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार उनलाई मन्त्री नियुक्त गरेका थिए। यसअघि साउद सिँचाइमन्त्रीसमेत बनेका थिए।
गत मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुर २ बाट नेपाली कांग्रेसका तर्फबाट सांसद निर्वाचित साउद सभापति शेरबहादुर देउवा निकट नेताका रुपमा मानिन्छन्।
कांग्रेस केन्द्रीय सदस्य रहेका साउदलाई सभापति देउवाले दाहाल नेतृत्को मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट पाँचौं मन्त्रीको रुपमा पठाएका हुन्।