Logo
१४ वैशाख २०८२, आईतबार

प्रिमियर कप खेल्न राष्ट्रिय टोली घोषणा

अक्षरपाटी
२०८० वैशाख ३ , आईतबार ०४:०४ मा प्रकाशित

काठमाडौं । एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले प्रिमियर कपका लागि रोहित पौडेलको कप्तानीमा आज १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन्।

समूह ए मा रहेको नेपालले मंगलबार मलेसियाविरुद्ध त्रिवि मैदानमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यस्तै नेपालले दोस्रो खेल बैशाख ८ गते ओमानविरुद्ध त्रिवि मैदान, तेस्रो खेल ११ गते साउदी अरेबियासँग मुलपानी मैदान र समूह चरणको अन्तिम खेल बैशाख १४ मा कुवेतविरुद्ध त्रिवि मैदानमा खेल्ने तालिका छ।

समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिव मैदानमा हुनेछ ।