Logo
२८ असोज २०८२, मंगलबार

किरण गजमेरको गीत ‘कुनै दिन’ सार्वजनिक

अक्षरपाटी
२०८० वैशाख ४ , सोमबार १०:०४ मा प्रकाशित

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म राम्रै चर्चा पाएका संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र निर्देशनमा बनेको भिडियोमा नवजोडी बीच १५ दिनको बीचमा भएको घटनालाई प्रस्तुत गरिएको छ।

विवाहको लागि इन्गेजमेन्ट भैसकेको अवस्थामा चिनजान भएको १५ दिनमै अर्को पुरुषसँग धेरै नजिकिएपछिको घटनाक्रम भिडियोमा देखाइएको छ।

भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय छ। माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको ‘कुनै दिन’को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी, शिलन लम्साललको सम्पादन रहेको छ।

गीतलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो।