Logo
३० वैशाख २०८२, मंगलबार

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

अक्षरपाटी
२०८० वैशाख ४ , सोमबार ११:०४ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी शुक्रबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन्।

सिंहदरबारमा बिहान ९ बजेका लागि बोलाइएको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २०७९ मंसिर २७ देखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य रहेका छन्।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन्। हाल कानुनमन्त्री पनि नियुक्त भइसकेका छैनन्।