Logo
२८ असोज २०८२, मंगलबार

डेकेन्द्रको नयाँ गीत ‘निष्ठुरी’ बजारमा

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार ०५:०४ मा प्रकाशित

काठमाडौं। गायक थानेश्वर गौतमको स्वरमा ‘निष्ठुरी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको गीतका शब्द, संगीत डेकेन्द्र श्रेष्ठका हुन्। गीतलाई सरोज बिस्टले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा मुकुन्द भट्ट, दिपिका थापा र शिव सेन्चुरीको अभिनय छ।

हरिश महराले छायाँकन गरेको यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। सुदिप श्रेष्ठ सह–निर्देशक रहेको यस भिडियोलाई शिव सेन्चुरी सुनारको निर्देशनमा तयार पारिएको हो।

भिडियो संगीतकार श्रेष्ठको युट्युब च्यानल ‘डेकेन्द्र प्रडक्शन’ मार्फत सावजनिक भएको हो।