Logo
१९ वैशाख २०८१, बुधबार

सन्दुकलाई वसुन्धराश्री र महावीरलाई मानश्री

अक्षरपाटी
२०८० वैशाख ६ , बुधबार ०७:०४ मा प्रकाशित

काठमाडौं। वर्ष २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिने भएको छ।

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने उक्त निर्णय गरेको हो। त्यस्तै प्रतिष्ठानले दिने मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक महावीर पुनलाई प्रदान गरिने भएको छ।

प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको विशेष बैठकले सो निर्णय गरेको हो।

स्वास्थ्य शिक्षा र नेत्र चिकित्सा सेवामा नेपाली समाजलाई पुर्याएको योगदान गरेर विश्वभर नेपाल नेपालीको नाम, प्रतिष्ठामा पुर्याएको योगदानको कदर स्वरुप डा रुइतलाई २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

विदेशमा अथाह अवसरलाई त्यागेर स्वदेशमै राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएर देशको पहिचान र प्रतिष्ठा बढाउने वरिष्ठ वैज्ञानिक पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।