Logo
२८ असोज २०८२, मंगलबार

रबिन्द्र झा बने ‘डाक्टर’

अक्षरपाटी
२०८० वैशाख ८ , शुक्रबार ०७:०४ मा प्रकाशित

काठमाडौं। दर्जन बढी ठुलो पर्दाको चलचित्रमा आफ्नो कला प्रस्तुत गरी सकेका रबिन्द्र झा ‘सर्खारको सर’ मा डाक्टर बनेका छन्। उनी सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’मा डाक्टर बनेका हुन्।

चलचित्रका दर्शक र टेलिभिजनका दर्शक छुट्टै हुने र टेलिभिजन हेर्ने दर्शकको झन् धेरै माया पाउने भएकाले आफुले चलचित्रको सुटिंगबाट केहि समय निकालेर सिरियलमा काम गरेको उनले बताए।

यो श्रृंखला प्रत्येक बुधबार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने गर्दछ।

‘सर्खारको सर’ मा राजनीतिक विकृति–विसंगतिसंगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ। श्रृंखलाको निर्देशन बिनय राज पौडेलले गरेका छन्।