Logo
२४ साउन २०८३, आईतबार

तनहुँमा स्वतन्त्रका स्वर्णिम दोब्बर मतले अगाडि

अक्षरपाटी
२०८० वैशाख ११ , सोमबार ०९:०४ मा प्रकाशित

तनहुँ। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा तनहुँ १ मा १५ हजार ६ सय मतमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ।

केहीबेर अघिको नतिजाअनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन्। वाग्लेले १० हजार २५९ मत पाउँदा कांग्रेसका भट्टराईले ५ हजार ३ मत पाएका छन्।

एमालेका सर्वेन्द्र खनाल भने रास्वपाका वाग्लेभन्दा झन्डै चार गुणा मतले पछाडि परेका छन्। खनालले २ हजार ७९७ मत मात्रै पाएका छन्।