Logo
१३ वैशाख २०८१, बिहीबार

गजल

अक्षरपाटी
२०८० वैशाख १२ , मंगलबार ११:०४ मा प्रकाशित

० उषा जोशी

गोधूलिमा आउछौँ, एक्लै कहाँ छु र ?
यादमा समाउछौँ, एक्लै कहाँ छु र

स्मृतिका पानाभरि, मीठा बातहरु
बाडुली पठाउछौँ, एक्लै कहाँ छु र ?

बतासले बसन्तको सुवास बोकी हिँड्दा
तिमी मगमगाउछौँ, एक्लै कहाँ छु र ?

सारङ्गीको तार रेटी, मधूर धुन आउँदा
तिमी गुनगुनाउछौँ, एक्लै कहाँ छु र ?

हृदयको कुना कुना, डढेलो सल्किँदा
आँसु पठाउछौँ, एक्लै कहाँ छु र ?