Logo
७ वैशाख २०८१, शुक्रबार

जनताका लागि जोखिम बनेको पेट्रोल पम्पमा महानगरको ताल्चा

अक्षरपाटी
२०८० वैशाख १४ , बिहीबार ०५:०४ मा प्रकाशित

काठमाडौं। चार वर्षअघि सरकारले सडक, वस्ती र संवेदनशील क्षेत्रमा रहेका १८ वटा पेट्रोल पम्प हटाउने निर्णय गर्यो।

तर राजनीतिक पहुँच र शक्तिको प्रयोग गरेर तीं यथास्थानमा चलिरहे। तर तिनै मध्येको कोतः धुकु पेट्रोल पम्पमा भने काठमाडौं महानगरपालिकाले ताल्चा लगाइदिएको छ।

पाँच वर्षदेखि घरको सटरमा सञ्चालित बालाजुस्थित सो पेट्रोल पम्प सिल गरिएको हो।

महानगरले मापदण्ड विपरीत सञ्चालित कोतःधुकु पेट्रोल पम्पमा आज ताल्चा लगाएको हो।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको पेट्रोल पम्पले सुरक्षा जोखिम बढाएको उजुरीपछि महानगरले आयल निगमको राय लिएर सिल गरेको हो।

निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेपछि सिल गरिएको महानगरले जनाएको छ।

सरकारले ०७६ मा घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय गरेको थियो। त्यसपछि २ वटा मात्रै हटाइएको थियो। यो सँगै महानगरले अन्य १५ वटा पेट्रोल पम्प पनि बन्द गर्ने योजना बनाएको छ।