Logo
२० असार २०८२, शुक्रबार

साईकल सरर…मा राहुल र बिनाको जोडी

अक्षरपाटी
२०८० वैशाख १४ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं। अभिनेता राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर सार्वजनिक गरिएको छ।

१० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत साईकल सररको भिडियोमा मोडल बिना राउतसँग अभिनय गरेका छन्।

दुई साता अघि उनले खड्क गर्बुजाको गीत राहुलेको भिडियोमा केकी अधिकारीसँग स्कृन शेयर गरेका थिए।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकाश बोर्डका सदस्यद्धय राजु केसी, रबी अधिकारी, अभिनेता गजित बिष्ट, यो गीतको भिडियोका अभिनेता राहुल केसी, अभिनेत्री विना राउतले यो गीतको भिडियो बिमोचन गरेका हुन्।

https://www.youtube.com/watch?v=14SMZx2zJ1Y