Logo
१४ वैशाख २०८१, शुक्रबार

‘पर्वत पर्वतमा बटुवा घाम’ पाठकको हातमा

अक्षरपाटी
२०८० वैशाख १४ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं। चर्चित कवि तथा प्रसिद्ध गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह ुपर्वत पर्वतमा बटुवा घामु सार्वजनिक भएको छ।

करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सृजना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा संग्रहित छन्।

५ खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, ‘पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस सङ्ग्रहका कविताले भनेका छन्।’

२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कविता सङ्ग्रहबाट नेपाली कविता जगतलाई धनी बनाएका कवि क्षितिजको ‘आफैँ आफ्नो साथी भएँ’ गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन्।

‘रमेश क्षितिजका कविता हरेक कवि र कविताप्रेमीका लागि प्रतीक्षित रहन्छन् । यो सङ्ग्रह त उनका फरक विम्बका कविताको सङ्ग्रह हो । त्यसैले यो निकै सङ्ग्रहणीय र पठनीय छ । यसले नेपाली काव्य जगतमा आफ्नो गर्विलो इतिहास बनाउनेछ!’, प्रकाशक बुकहिलले प्रेस विज्ञप्तिमा भनेको छ ।

५३ कविताको हार्ड कभर संस्करणको मूल्य जम्मा ४५५ रुपैयाँ रहेको छ।