Logo
१५ चैत्र २०८०, बिहीबार

सुदूरपश्चिमका विकास योजना लिएर लेखक अर्थमन्त्रीकोमा

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०७:०४ मा प्रकाशित

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सुदूरपश्चिमका योजना लिएर अर्थमन्त्रीकोमा पुगेका छन्।

अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर उनले सुदूरपश्चिमका महत्वपूर्ण विकास निर्माणका योजनाबारे परामर्श गर्नुका साथै सुझाव दिएका हुन्।

उनले सुदूरपश्चिमको महाकाली करिडोर, ड्राइपोर्ट, सिँचाइ आयोजनालगायतका योजनाबारे अर्थमन्त्री महतलाई बजेटमा समेटनका लागि सुझाव दिएको उनको सचिवालयले जनाएको छ।

सभापति देउवा निकट मानिने नेता लेखक सुदूरपश्चिमका प्रभावशाली नेता हुन्। उनले सुदूरपश्चिमको विकासमा विशेष ध्यान दिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए।

कञ्चनपुरमै पनि कतिपय स्थानमा पुल निर्माण बाँकी रहेका, सिँचाइ आयोजना, अस्पताल, पुल, खानेपानी र सडकका योजनाबारे उनले विशेष चासो दिएका थिए।