Logo
१४ वैशाख २०८१, शुक्रबार

आविष्कारक पुनको आन्दोलनमा सबैतिर समर्थन

अक्षरपाटी
२०८० वैशाख १७ , आईतबार ०१:०४ मा प्रकाशित

काठमाडौं। वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा सुरु गरेको आन्दोलनलाई देशभरबाट समर्थन सुरु भएको छ।

सिमरा, झापा, धनगढीलगायत सामाजिक सञ्जालमा वैज्ञानिक पुनको समर्थन सुरु भएको हो।नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि पुनको पक्षमा स्वतः स्फुर्त प्रदर्शन भएको छ ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवार देखी धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुले देशैभरीवाट क्रमशः प्रदर्शन र समर्थन सुरु गरेका छन्।

सामाजिक सञ्जालमा आइएम विथ महाविर पुन अभियान सुरु भएकाे छ।