Logo
८ वैशाख २०८१, शनिबार

रविका सवारी चालक थापाको निधन

अक्षरपाटी
२०८० वैशाख १९ , मंगलबार ०४:०५ मा प्रकाशित

काठमाडौं। वैशाख ४ गते चितवनमा सुतिरहेकै घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा ‘सम्भु’को निधन भएको छ।

रविको चुनावी प्रचारकै क्रममा चितवनमा रहेका बेला उनी घरको तीन तलामाथिबाट खसेर सिकिस्त घाइते भएका थिए।

चितवनमा उपचार सम्भव नभएपछि वैशाख ५ गते उनलाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो।

चिकित्सकहरुले आज दिउँसो १ बजेर ३५ मिनेटमा उनलाई मृत घोषणा गरेका हुन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ स्थायी घर भएका ३९ वर्षीय थापाको टाउकोमा गहिरो चोट लागेको थियो।