Logo
१५ पुस २०८१, सोमबार

दार्चुलामा हिमपहिरोमा पुरिएका तीन जनाको शव भेटियो

अक्षरपाटी
२०८० वैशाख २० , बुधबार ०३:०५ मा प्रकाशित

दार्चुला। यार्सागुम्बा संकलनका लागि दार्चुलाको हिमाली क्षेत्रमा पुगेका बेला मंगलबार हिमपहिरोमा पुरिएकामध्ये तीन जनाको शव फेला परेको छ।

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक पुरुष र दुई महिलाको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

बेपत्ताको खोजी कार्यमा खटिएको सशस्त्र प्रहरी टोलीले दुहु गाउँपालिका पोक्सेका १८ वर्षीय प्रविण कुँवरको शव निकालेको छ। महिलाको शव भने निकाल्ने काम भइरहेको छ।

मृतक महिलनाको सनाखत हुन बाँकी छ । अझै २ महिला वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ । बेपत्ताहरुको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको नम्बर ५ गुल्म छाङ्रुबाट डिएसपी इश्वरीदत्त भट्टको कमाण्डमा २१ जनाको टोली खटिएको सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताएका छन्।

मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलन गर्न गएकाहरु हिउँले पुरिएका थिए। केहीले भने भागेर ज्यान जोगाएका थिए।