Logo
१३ वैशाख २०८१, बिहीबार

सुनको मूल्य तोलाकै १ लाख ११ हजार माथि

अक्षरपाटी
२०८० वैशाख २१ , बिहीबार ०२:०५ मा प्रकाशित

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो भएको छ।

आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुन आज १ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ । चाँदीको मुल्य २० रुपैयाँले वृद्धि भएको छ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको थियो।

गएको चैत २२ गते सुनको भाउ तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो। आज फेरि त्यो रेकर्ड तोड्दै सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको हो।