Logo
२८ असोज २०८२, मंगलबार

नागेन्द्रको ‘सुस्तरी सुस्तरी’मा नग्मा र प्रवीण

अक्षरपाटी
२०८० वैशाख २४ , आईतबार १०:०५ मा प्रकाशित

काठमाडौं । मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसी बीचको अभिनय रहेको गीत ‘सुस्तरी सुस्तरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा गायिका अस्मिता अधिकारी र गायक बलबहादुर राजवंशीको रहेको छ।

प्रेमिल भावना समिटिएको गीतमा शब्द नविन श्रेष्ठले लेखेका हुन् गीतलाई हङकङ निवासी संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्ध गरेका हुन्।

गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन्। दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।

जसबहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार भएको हो।