Logo
६ जेठ २०८१, आईतबार

मोरङको राठी इन्डस्ट्रिजमा आगोलागी

अक्षरपाटी
२०८० वैशाख २९ , शुक्रबार ११:०५ मा प्रकाशित

मोरङ। मोरङको बूढीगंगा गाउँपालिकामा रहेको राठी इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ।

बूढीगंगा ५ मा रहेको सञ्चालक राजेन्द्रकुमार राठीको इन्डस्ट्रिमा आगलागी भएको हो।

उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको थियो। आज बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ।

आगो निभाउनका लागि एक दर्जन दमकलसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आगलागीबाट उद्योगमा ठूलो क्षति भएको छ।