काठमाडौं। फ्रान्सको कान्स सहरमा हुने ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा सुवर्ण थापा निर्देशित ‘राधा’ ७ विधामा मनोनयन भएको छ ।
फिल्म लेखन, निर्देशन,अभिनय तथा छायांकनलगायत ७ विधामा मनोनयनमा परेको हो।
विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई प्लेटफर्म दिने उद्देश्यले सन् २००५ देखि ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ आयोजना हुँदै आएको हो।
सुवर्ण थापाको लेखनसमेत रहेको फिल्मले शीर्ष चरित्रमार्फत महिलाको सहनशक्तिको कथा प्रस्तुत गरेको छ। फिल्म सेट डिजाइन र सम्पादन विधामा पनि मनोनयनमा परेको हो।
मे महिनाको २३ तारिख वितरण हुने अवार्डमा सहभागी हुन थापा अमेरिकामा रहेका थापा सिधै कान्स पुग्नेछन्।
सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म आइतबार मात्र सार्वजनिक नेपाल प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डमा १० विधामा मनोनयनमा परेको थियो।
नेफ्टामा फिल्म उत्कृष्ट फिल्मसँगै निर्देशक, अभिनेत्री, सहायक अभिनेता, रङ संयोजन, छायांकन, सम्पादन, लेखन, भेषभुषा तथा शृंगारका विधामा मनोनयनमा परेको हो।
गत वर्ष भदौ दोस्रो सात राधा हलमा रिलिज भएको फिल्म हो।