Logo
२२ पुस २०८१, सोमबार

समितिको कार्यविधि तयार, पाँच बैठकमा अनुपस्थित भए निष्कासित

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधि तयार गरेको छ।

कार्यविधि अनुसार समितिको सदस्य बिनासूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित भभए त्यस्तो सांसद समिति सदस्यबाट निष्कासित हुनेछ।

जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि उनीपछिका जेष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले आन्तरिक कार्यविधि तयार पारेको हो।

पाँचवटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको समिचिका सचिव अधिराज राईले जानकारी दिए।

बिना जानकारी निरन्तर ५ बैठकमा अनुपस्थित रहे भने सभापतिले सदस्यबाट निष्कासन गर्नसक्ने राईको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो।