Logo
३ भदौ २०८२, मंगलबार

‘ए साथी सुन’ लाई बोर्डको ‘युनिभर्सल’ प्रमाणपत्र

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार ०२:०५ मा प्रकाशित

काठमाडौं। कलाकार वर्षा सिवाकोटी र रमेश बानियाँको प्रमुख भूमिका रहेको चलचित्र ‘ए साथी सुन’ले युनिभर्सल सर्टिफिकेट पाएको छ।

चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र दिएको हो।

फिल्माका निर्माता टायम कट्टेलका अनुसार चलचित्र बिना काँटछाँट पास भएको बताए।

‘बोर्डको टिमले फिल्मको हरेक पक्षमाथि गहन समीक्षा गर्यो, कुनै दृश्य र संवादमा कैची लागउने कुरा त परै जाओस, फिल्मको तारिफ गर्दै कथा निकै मन परेको बतायो’, निर्माता कट्टेलले भने।

‘ए साथी सुन’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हो। प्रेमकथा, थ्रिलर र कमेडी जानरामा निर्माण गरिएको चलचित्रमा वर्ष, रमेशबाहेक आर्यन खडका, जयनन्द लामा, सुशील पोखरेल, रमेश अधिकारी, विमला गिरीलगायतको भूमिका छ।

यो फिल्म स्वर्गीय कलाकार जयनन्द लामोको अभिनय रहेको अन्तिम फिल्म पनि हो। रामराघव आचार्यले निर्देशन गरेका चलचित्रको लेखन पनि आचार्यले नै गरेका हुन्। चलचित्रमा बीना कार्की, सन्तोषकुमार राई र टायम कट्टेल निर्माताका रुपमा छन्।