काठमाडौं । करिब १ दशक अघि एफएम रेडियोमा सर्वाधिक बजेको र धेरै स्रोताले मन पराएको गीत ‘तिमीले साथ’को अफिसिएल म्युजिक भिडियो सार्वजनिक भएको छ।
त्यसबेला म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक जितेन लेप्चाको गीतमा स्वर र संगीत रहेको थियो।
एल्बम ‘फरक’मा समावेश यस गीतलाई रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो। गीतले त्यति बेलाको थुप्रै म्युजिक अवार्डहरु समेत प्राप्त गरेको थियो।
पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय छ।
बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा राजिव शर्माको निर्देशन रहेको छ।
केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन्।