Logo
२९ वैशाख २०८२, सोमबार

साँंस्कृतिक संघले कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने

अक्षरपाटी
२०८० जेठ ५ , शुक्रबार १२:०५ मा प्रकाशित

काठमाडौं। नेपाल साँंस्कृतिक संघले देशभरको कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ।

संघले यही जेष्ठ १० र ११ गते काठमाडौंमा बृहत कलाकर्मीको भेला गर्न लागेको बिहीबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने संघका महामन्त्री राजेन्द्र खत्रीले बताए।

उनका अनुसार समापन समारोहमा भने नेता शेखर कोइराला लगायतका पदाधिकारीहरूको सम्बोधन गर्ने छन्।

सांस्कृतिक संघले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गहन दायित्व दिएर अगाडि बढाउँदा पार्टीलाई जीवन्त राख्न मद्दत जनाएको छ।

राजनीति र राजनीतिकर्मीहरूमा आएको विचलन लोकतान्त्रिक संस्कृतिको मर्म अनुकूल नरहेको स्पष्ट चित्र देखिन थालेका भन्दै संघको चिन्ता व्यक्त गरेको छ।

‘एउटा लामो कालखण्डसम्म आन्दोलनको नेतृत्व, संविधान अनि देशको सिंगो विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको नेपाली कांग्रेसमाथि आज चौतफ्री प्रहार भइरहेको अवस्थालाई नकार्न सकिँदैन । देशकै मियो पार्टी आफै रक्षात्मक अवस्थामा आइपुग्नु निश्चयनै सुखद संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ।

धमिलिएको राजनीतिक परिदृश्य सङ्लो बनाउन लाग्नु पर्ने कुरामा दुईमत नभएको संघका अध्यक्ष तीर्थबहादुर थापाले बताए।

नेपाल संस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।