Logo
२२ पुस २०८१, सोमबार

गिट्टी, बालुवा निर्यात, सामुदायिक वनमा हरिण, मृग र कालिज पालन

अक्षरपाटी
२०८० जेठ ५ , शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडौं। सरकारले सामुदायिक वन क्षेत्रमा मापदण्ड पुरा गरेर हरिण, मृग, बँदेल, कालिजजस्ता वन्यजन्तु र पन्छीको व्यवासायिक पानको अनुमति दिने नीति अवलम्बन गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्र बैठकमा यस्तो घोषणा गरेका हुन्। अनुगमन प्रणालीसहितको कार्यविधि अपनाएर परीक्षणका रुपमा वन्यजन्तु र पन्छी पालनको अनुमति दिने सरकारको योजना छ।

त्यस्तै सरकारले केपी शर्मा ओलीको पालामा विवादमा आएको ढुंगा गिट्टी र बालुवाको निर्यातको सम्भावना खोज्ने घोषणा समेत गरेको छ।

नीति तथा कार्यक्रममा चुरे क्षेत्रको संरक्षण गर्दै वातावरणीय ह्रास नआउने गरी ढुंगा गिट्टी र बालुवाको उत्पादन र निर्यातको सम्भावना खोज्ने उल्लेख गरिएको छ।

काठमाडौं उपत्यकासहितका नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा सरकारले गरेको छ।