Logo
२९ वैशाख २०८२, सोमबार

गीतकार बुद्धिमानले ल्याए ‘यो खुशीको पल’

अक्षरपाटी
२०८० जेठ ६ , शनिबार ०७:०५ मा प्रकाशित

काठमाडौँ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा ‘यो खुशीको पल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतकार बुद्धिमान थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ।

प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई नजिकबाट देखाएको छ।

ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र सुन्दरी मोडल सुमी श्रेष्ठ खुलेका छन् । भिडियोमा गीतकार थापा स्वयम र जमुना मगरको पनि अभिनय छ।

भिडियोलाई पछिल्लो पुस्ताका निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा तयार पारेका छन्।

प्रकाश खड्काको छायांन तथा बन्दे पाण्डेको सम्पादन रहेको रोमान्टिक भिडियो यो खुशीको पलको भिडियो हेरौँ हेरौँ लाग्ने खालको छ।