काठमाडौँ । गायक सुनिल दवाडीको मोर सजना बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतले नेपाली र थारु संस्कृतिबिच मौलाएको प्रेम कथालाई भिडियोले देखाउन खोजेको छ।
भिडियोमा प्रेमी पहाडी समुदायका र प्रेमिका थारु समुदायकी भएर पनि उनीहरुबीच झाँगिएको प्रेम र रोमान्सलाई भिडियोमा देखाइएको छ।
निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियो निर्देशन गरेका छन् उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिकक गीतमा केशव बडुको एरेन्ज, अमित जोशीको मिक्सिङ तथा मास्टरिग रहेको छ।
भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ। भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन्।