काठमाडौं । गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ।
गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ।
भिडियोमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्काले अभिनय गरेका छन्।
प्रेमभावको गीतमा सागर र प्रतिक्षाको बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ। भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ।
हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायांकन छ।