Logo
२९ वैशाख २०८२, सोमबार

आयुष मगरको स्वरमा ‘माया पनि बसेकै थियो’ सार्वजनिक

अक्षरपाटी
२०८० जेठ ७ , आईतबार ०८:०५ मा प्रकाशित

काठमाडौं । युवा गायक आयुष मगरले डेब्यु गीत ‘माया पनि बसेकै थियो’ सार्वजनिक गरेका छन्।

गीतमा आयुषको स्वर, शब्द र संगीत छ। गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।

युवा आकर्षण र प्रेमलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशंसा रायमाझीबीच अनस्क्रिन प्रेम देख्न सकिन्छ।

शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। बिजेश र राजनको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो।