Logo
२९ वैशाख २०८२, सोमबार

गायक पवन विष्टको ‘किन किन’ सार्वजनिक

अक्षरपाटी
२०८० जेठ ८ , सोमबार ०६:०५ मा प्रकाशित

काठमाडौं। गायक पवन विष्टको स्वरमा ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा गीतकार विजय शिवाकोटीको शब्द छ भने संगीतकार राजु सिंहले संगीतवद्ध गरेका हुन्। गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्।

प्रविशा अधिकारीको स्वर समेत गीतमा सुन्न सकिन्छ । म्युजिक भिडियोमा गायक विष्ट, अभिनेत्री गरिमा शर्मा र सन्तोष बानियाँको अभिनय छ ।

भिडियो सन्तोष सेनको परिकल्पना र निर्देशनमा तयार पारिएको हो।

महेश पौडेलको सिनेटोग्राफी रहेको भिडियो सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन्।