Logo
१२ वैशाख २०८१, बुधबार

नयाँ ७ कम्पनीलाई ब्रोकर लाइसेन्स

अक्षरपाटी
२०८० जेठ ९ , मंगलबार १२:०५ मा प्रकाशित

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ ७ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।

बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले एलओआई पाएका ४३ मध्ये ७ कम्नीलाई लाइसेन्स दिने निर्णय गरेको हो।

कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय भएको हो।

एलओआई पाएका बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जाने बोर्डले जनाएको छ।

नयाँ लाइसेन्स प्राप्त गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज रहेका छन्।

त्यस्तै मियो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले पनि लाइसेन्स पाएका छन्।