Logo
१२ वैशाख २०८१, बुधबार

मेरी बास्सैबाट छुट्टिए ‘भावीको लेखान्त’ ल्याउँदै घिरौंले र बैकुण्ठ

अक्षरपाटी
२०८० जेठ १२ , शुक्रबार ११:०५ मा प्रकाशित

काठमाडौं। टेलिसिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका लेखान्त भुषाल र रमेश बुढामगरले नयाँ सिरियल ल्याउने भएका छन्।

मेरी बास्सैबाट छुट्टिएपछि उनीहरुले नयाँ टिम बनाएर सामाजिक कथामा आधारित भाविको लेखान्त नामक सिरिज निर्माण गरेका हुन्।

काठमाडौंमा आयोजित प्रोमो सार्वजनिक कार्यक्रममा आगामी जेठ १४ गते आइतबार बेलुका ५ः४५ बाट लेखान्त अफिसियल युट्युबमार्फत प्रशारण हुने जानकारी गराइएको छ।

सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन्। धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन हुँदैजाने जानकारी गराइएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भावीको लेखान्तलाई शुभकामना दिए।

सिरिज निर्माणमा मुख्य सहयोगीको भूमिकामा रहेको हाउजर पेनका बागमती अञ्चल वितरक भुवन के पोखरेलले लोकप्रिय कलाकारहरु रहेको र सामाजिक कथामा निर्माण भएको भावीको लेखान्त सिरिजमा जोडिन पाउँदा खुसी व्यक्त गरे।

कार्यक्रममा कलाकार तथा निर्देशक दमन रुपाखेती, बेगम नेपाली, इन्द्रदोङ लामा, सुनिता गौतम, सुमन न्यौपाने, दिपक आचार्य, गोविन्द्र कोइराला, पत्रकार डब्बु क्षेत्रीलगायतले सिरिजको सफलताका लागि शुभकामना व्यक्त गरे।

भावीको लेखान्त