Logo
१३ वैशाख २०८१, बिहीबार

गजल : छुट्याउनै गाह्रो बुख्याचा र मान्छेहरु

अक्षरपाटी
२०८० जेठ १३ , शनिबार ११:०५ मा प्रकाशित

० उषा जोशी

खोज्दैछु आफूलाई हासेका तस्बिरमा
तिमी कसरी छुटेछौ खै लेखिन तक्दिरमा ?

बारम्बार नियाल्छ ऊ आफ्नै हस्तरेखाहरु
बाँधिएर जीउनु पर्दा सम्बन्धका जन्जिरमा

लुटिएर दुनियाबाट देउता सामु पुग्छ मान्छे
थाहा छैन देउता पनि लुटिएको छ मन्दिरमा

छुट्याउनै गाह्रो हुँदा बुख्याचा र मान्छेहरु
भरोसा आइ बसेको छ कुनै मुसाफिरमा

धैर्यता देख्दा लाग्छ ती बगरका पत्थरहरुको
फूलले बाचा गरेको छ भेट्ने नदी तीरमा