Logo
८ असोज २०८०, सोमबार

खेमनाथ दाहालको ‘अहोरात्र’ पाठकमाझ

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार १२:०५ मा प्रकाशित

काठमाडौं। सर्जक खेमनाथ दाहालको उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको छ।

कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिएको छ।

उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म–दर्शनभित्रको ज्ञानलाई प्रवाहित गरेका छन। यो उपन्यास अमेरिकी समाजको यर्थाथपरक दस्तावेजमा रुपमा आएको छ।

स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गरेका छन्।

बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किएका छन्।

कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गरेका छन्।

कृतिको सम्पादन रमेश दाहालले गरेका हुन भने प्रकाशक उषा दाहाल हन्। ३७६ पृष्ठको उपन्यासको मूल्य ७०० रुपैयाँ राखिएको छ।

यसअघि उनका ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’ कवितासंग्र्रह, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्रह जस्ता कृति पाठकमाझ आएका छन्।