Logo
२६ भदौ २०८३, शुक्रबार

गजल

अक्षरपाटी
२०८० जेठ १६ , मंगलबार १०:०५ मा प्रकाशित

० उषा जोशी

मर्ने अनि मारिनेहरु, सालिक भएछन्
भ्रष्ट र दुराचारी यहाँ, मालिक भएछन्

कसैका अपराधमा जलप लगाइयो
कति अपराधी, नाबालिग भएछन्

मूर्ति लुट्ने बाबु, चोली च्यात्ने छोरा
सुशासनका कुरा सबै, कालिक भएछन्

आफू राजा बन्नलाई, राजा फाल्नेहरु
गणतन्त्रको नकाबभित्र, जालिक भएछन्

जनयुद्धले बाबु खोस्दा, गर्भमै थ्यो छोरा
हेर्दाहेर्दै खाडी पस्ने, बालिग भएछन्

ट्रेन्डिङ ( साप्ताहिक )