Logo
१४ वैशाख २०८१, शुक्रबार

बजेटपछि सेयर कारोबार झन ओरालो यात्रामा

अक्षरपाटी
२०८० जेठ १६ , मंगलबार ०८:०५ मा प्रकाशित

काठमाडौं। बजेट घोषणापछि भएको पहिलो कारोबार दिनमा सेयर बजारमा गिरावट आएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको हो।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेपछि नेप्से ५३ दशमलव एक छ अंकले घटेर १८ सय १८ बिन्दुमा ओर्लिएको छ।

सेन्सेटिभ इण्डेक्स पनि ८ दशमलव सात दुई अंकले घटेको छ । फ्लोट इण्डेक्समा ३ दशमलव सात एक अंकको गिरावट भएको छ । नेप्से घटेपनि कारोबार रकम भने २ अर्ब नाघेको छ।

आज २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको ७० लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। घटेको बजारमा आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

हिजो सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेको लगानीकर्ताहरुको गुनासो छ।