Logo
१४ वैशाख २०८१, शुक्रबार

चौमाला खैराला मोटरबाटो कालोपत्रे अघि बढाउन सडक बोर्डका कार्यकारी निर्देशक खैरालामा

अक्षरपाटी
२०८० जेठ १७ , बुधबार ११:०५ मा प्रकाशित

काठमाडौं। करिब साढे दुई दशकदेखि निर्माणाधीन चौमाला खैराला सडकको १० किलोमिटर खण्ड कालोपत्रे कार्य सञ्चालनका लागि सडक बोर्ड, सडक जिभिजन कार्यालयको टोली अनुगमनमा गएको छ।

कैलालीको विकट साविक खैराला गाविस हुँदै रिठेखोला हुँदै शिवनगर जोड्ने गरी ट्याक खोलिएको सडकको प्रारम्भिक १० किलोमिटर कालोपत्रे कार्यका लागि बोर्डका कार्यकारी निर्देशक गणेश केसी, सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरि सुवेदीलगायत स्थलगत अनुगममा गर्भा दरबार पुगेका हुन्।

स्थानीय बासिन्दाले उनीहरुको स्वागत गरेका छन्। संघीय सरकारले विनियोजन गरेको २५ कारोड रुयैयाँको लागतामा निर्माण हुन लगोको सडक अनुगमनका क्रममा कार्यकारी निर्देशक केसी र प्रमुख सुवेदीले छिटोभन्दा छिटो कालोपत्रेको काम अघि बढ्ने बताए।

यसअघि सडकमा पर्ने रुख नापजाँचको काम सुरु भइसकेको छ। स्थानीय बासिन्दाले चौमाला चौराहाबाटभन्दा झीलबाट सडक बनाउँदा तीनवटा पुल निर्माण गर्नु नपर्ने र सडक पनि करिब ६ किलोमिटर छोटो पर्ने आवाज उठाउँदै आएका छन्।