Logo
१६ चैत्र २०८०, शुक्रबार

गजल : कलम म बन्नेछुँ…

अक्षरपाटी
२०८० जेठ १७ , बुधबार ०४:०५ मा प्रकाशित

० अन्जु ‘अश्रु’

हेरेर नथाक्ने त्यो, रहर तिम्रो होस्
श्रृंगार मेरो होस् , नजर तिम्रो होस्

यत्ति भए पुग्छ, कठिन पलहरूमा
आश्वासन हरकोहीको, भर तिम्रो होस्

देखोस् दुनियाँले, खुसहाल जिन्दगी
मुस्कान म छर्छु‌, अधर तिम्रो होस्

चाहिँदैन् केही अरू, गन्तव्य भेट्न
चलुन पाईला मेरा, सफर तिम्रो होस्

आउ लेखौं मिलेर, हाम्रो छुट्टै काहानी
कलम म बन्नेछुँ, अक्षर तिम्रो होस्