Logo
२० वैशाख २०८१, बिहीबार

प्याराडाइज हिल्स : कोलाहलको काखैमा शान्तिको अनुभूति

अक्षरपाटी
२०८० जेठ २९ , सोमबार ०२:०६ मा प्रकाशित

० शलिना कार्की

व्यस्त र भागदौडपूर्ण दैनिकी। सहरको कोलाहल। मान्छे नै मान्छेको घुइँचोमा पनि निस्सार र एक्लोपन। कंक्रिटका महलहरु हेर्दाहेर्दै थाकेका राजधानी काठमाडौंवासीका आँखा। र अत्यासलाग्दो अवस्थाका अधिकांस मनहरु।

कसले खोज्दैनहोला र ! शान्त, एकान्त, हरियालीको बीचमा साँच्चैको प्रिय आत्मीय आथित्यता। हो काठमाडौंको काँधसँगै जोडिएको प्याराडाइज हिल्स रिसोर्ट होटेल धेरैको रोजाइ बन्ने क्रममा छ। ललितपुरको गोदाबरी नगरपालिका १४ मा रहेको प्याराडाइज हिल्समा स्वर्गीय आनन्द अनुभूति हुन्छ।

यसो भन्दा बढाइचढाइ गरेजस्तो पनि सुनिएला! तर केही छैन, एकोहोरो व्यस्त जिन्दगी। सहरको अव्यवस्थित ट्राफिक। नासिदै गएको हरियालीबाट एक निमेश उम्किएर यहाँ पुग्दा साँच्चै स्वर्गीय अनुभूति हुन्छ नै।

काठमाडौंको मध्यभागबाट जम्मा १० किलोमिटरको दूरीमा रहेको बाँडेगाउँस्थित यो प्याराडाइज हिल्स रिसोर्ट आधुनिकताभन्दा बढी प्राकृतिक कारणले निकै लोभलाग्दो छ। कतिपय आगन्तुकहरु एकान्त, शान्त र हरियालीको किनार खोज्न योभन्दा माथि गोदावरीसम्म पुग्छन्। तर प्याराडाइज हिल्स अब त्यसको विकल्प बन्दै गएको छ।

गोदावरीमा रहेका अधिकांस रिसोर्ट र होटेलहरु सडक किनारमै रहेकाले पनि प्याराडाइज हिल्समा प्राप्तहुने शान्ति त्यहाँ नपाइनसक्छ। त्यसैले त ढुक्क भएर प्याराडाइज हिल्स रिसोर्टका चेयरम्यान रमेशकुमार खडका भन्छन्, ‘हामीले साँच्चै यसलाई व्यस्त जिन्दगीबाट निकालेको समयलाई पारिवारसँग शान्त र आनन्दको वातावरणमा विताउन मिल्ने गरी विकास गर्न खोजेका हौँ।’

समाजसँग साइनो
होटलको वातावरण मात्र होइन आतिथ्यता सत्कार पनि व्यवसायिकभन्दा आत्मीय धेरै लाग्छ। हरेक आगन्तुकहरुलाई परिवारकोजस्तै व्यवहार गरिनु यहाँको आफ्नै विशेषता हो। रिसोर्ट प्रालिका चेयरम्यान खड्का भन्छन्, ‘हामीले आतिथ्यतालाई सँस्कारका रुपमा विकास गर्न खोजेका हौँ।’

यसलाई विजनेश कम व्यवहारमा परिवर्तन ल्याउन उनले रिसोर्ट वरपरको समाजलाई पनि प्याराडाइजसँग जोड्ने योजना अघि सारेका छन्।
‘यहाँ आउने आगन्तुक हाम्रो मात्रै पाहुन नहोउन्, समाजको पनि पाहुना बनुन्’, खडकाले सुनाए, ‘त्यही भावनालाई साकार पार्न हामीले यहाँ वरपरको समाजलाई पनि प्याराडाइजसँग गाँस्दै लगेका छौँ, यहाँ आउने पाहुन चेकइन प्याराडाइजमा गरेर होमस्टेका रुपमा बस्न गाउँमा पनि जानसक्नुहुन्छ, स्थानीय उत्पादन आफै बारीमा गएर रोजेर लग्नसक्ने बनाउँदैछौँ।’

रिसोर्ट भन्ने वित्तिकै पाहुना आउने, बस्ने, रात विताउने र जाने मात्र होइन। यहाँको स्थानीय कल्चर, सँस्कार र सँस्कृतिसँग पनि साक्षात्कार होस र पारिवारिक र सामाजिक सम्बन्ध झन प्रेमिल होस भनेर रिसोर्टले पिकनिक कल्चरलाई बढावा दिएको छ। हरेक शनिबार र विदाका दिनहरुमा प्याराडाइलमा पिकनिकका लागि ठाउँ पाउन मुस्किलजस्तै हुन्छ।

प्रकृतिको साथ
प्याराडाइज रिसोर्टको आँगनमा उभिएर तलतिर लम्पसार परेको काठमाडौं सहजै नियाल्न सकिन्छ। साँझपख डाँडामाथि डुब्दै गरेको सूर्य हेरेर निदाउँदा, बिछ्यौनाबाटै उदाउँदो सूर्य देख्न पाइन्छ।

प्याराडाइलको आँगनसँग जोडिएको प्राकृतिक हरियालीको बीचमा स्वच्छ हावामा सास फेरेर गोदावरीको हरियाली नियाल्दा साँच्चै आँखालाई आराम मिल्नेगर्छ।

तिर्थाटनको अनुभूति
प्याराडाइज हिल्सको आँगनमा चारबाराहीमध्ये एक श्वैतबाराही मन्दिर छ। बिहानै मन्दिरमा बज्ने घन्टाले नै पाहुना भएर प्याराडाइजमा रात विताउनेको निद्रा ब्युँतिन्छ। चापागाउँको बज्रबाराही, ठिमी भक्तपुरको नील बाराही र काठमाडौंको धुम्बाराहीपछि ललितपुरको श्वैतबाराहीको आँगनसँगै प्याराडाइज हिल्स रिसोर्ट जोडिएको छ।
बिहानै उठेर नुहाइधुवाइ गरेर प्याराडाइजदेखि पैदल १५ मिनेट हिँडेर विशंखुनारायणको मन्दिर पुग्न सकिन्छ।

विशंखुनारायण पनि चार नारायणमध्ये एक हो। इचंकुनारायण, चाँगुनारायण र शेषनारायणपछि विशंखुनारायण प्यारडाइजकै समिपमा छ। त्यति मात्र नभएर सन्तानेश्वर मन्दिर र माथि १० मिनेटको दुरीमा रहेको कालभैरव मन्दिर यहाँका आकर्षण हुन।

खानपानमा मौलिकता
रेस्टुरेन्ट, ब्यांक्विट, इभेन्ट म्यानेजमेन्ट, साउनावाथ, कफीबार, पिकनिक आयोजना यहाँ उपलब्ध सेवाहरु हुन। रिसोर्टमा कन्टिनेन्ट, चाइनिज, नेपाली मौलिक खाना यहाँ उपलब्ध छ। लोकल कुखुरासँग ढिँडोमा आफ्नै नेपाली स्वाद पाइन्छ। विहानै सर्भ गरिने मुस्लि विथ फ्रुट एन्ड दही विथ हनी यहाँको सम्मानको परिकार भएको प्रमुख सेफ जेनिस महर्जन बताउँछन्।

आफूहरुले हरेक खाना हाइजेनिक पस्कन कोसिस गर्ने गरेको महर्जनले सुनाए। ‘हामी मसला निकै कम खेलाउँछौँ, सकभर घरकै खानाभन्दा पनि अझ स्वस्थकर होस् भन्ने हाम्रो लक्ष हो’, उनले भने।

नामजस्तै काम गर्ने कोशिस
आफूहरुले बिजनेश मात्र होइन व्यवहार पनि पस्कन खोजेको रिसोर्टका अप्रेसन म्यानेजर रबिन खडकाले बताए। धेरै बिजी लाइफबाट फुर्सद निकालेर हरेक परिवार यहाँ आउन भन्ने प्याराडाइजको चाहना भएको उनले सुनाए।

‘त्यसैले हामी यहाँको पारिवारिक वातावरणप्रति निकै सचेत छौँ’, उनले भने, ‘जस्तोसुकै पाहुना भए पनि वाकिङ क्लाइन्टलाई हामी रुम दिँदैनौँ। डेरुम दिँदैनौँ। परिवारसहित, बालबच्चासहित आउने पारिवारिक पाहुना हाम्रो लक्ष हो।’

प्याराडाइजमा पुगेर फर्केपछि आगन्तुकमा कम्तिमा ताजगीपन आवोस, सिर्जनशिलता बढोस भन्ने आफूहरुको चाहना भएको रबिनले सुनाए।

काठमाडौंबाट निकै छोटो दूरीमा रहेकाले समसाँझमा आएर बिहान अफिस भ्याउन सकिने भएकाले पनि प्याराडाइज नजिकैको नेचुरल गन्तव्य बन्ने उनले विश्वास व्यक्त गरे। उनले भने, ‘एक निमेश भएपनि पारिवारिक वातावरणमा मानिसले सुस्ताउन पाओस, गोदावरीभन्दा नजिक तर त्यहाँभन्दा शान्त र प्रफुल्ति वातावरणमा हाम्रा पाहुना खुशी भएर जाउन भन्ने हाम्रो ध्येय हो।’

 

प्याराडाइज हिल्स