Logo
१४ वैशाख २०८१, शुक्रबार

जीवन सधैं जवान रहनेछ

अक्षरपाटी
२०८० जेठ १८ , बिहीबार १२:०६ मा प्रकाशित

० चन्द्रा जोशी सुमन
म जीवनलाई खोजिरहेको छु
जीवनले मलाई खोजिरहेको छ
जीवनले जीवनलाई खोज्ने क्रममा
जीवनभित्र आफै हराइसकेको छु

वास्तवमा
जीवनलाई मैले यसरी
खोजिरहनु जरुरी लाग्दैन
जीवन आफैमा प्राप्त भैसकेको छ
र त जीवनले चारैतिरबाट
घेरिरहेको छ मानौ,
माहुँरीले बगैचालाई
घेरे जसरी घेरिरहेको छ ।।

जीवनमा कुनै नियम हुँदैन
हुन्छ त केबल सिद्धान्त
जीवन, जीवनसंगै जोडिएको छ

त्यसैले त
जीवन सधैं जवान हुन्छ
बुडो हुनु त मात्र एउटा महशुस हो
जीवन यतिसम्म शक्शिाली छ कि
फलामको तरबारले पनि
काट्न सक्दैन, चोट पुर्याउनसम्म सक्दैन
जीवनको रस सकिएर
बरु सुक्न सक्ला
तर जीवनको मृत्यु कहिल्लै हुँदैन
र त म छु जीवन मसंगै छ ।।

रौं रौंमा छ जीवन, श्वास श्वासमा छ जीवन
हो, हरेक स्थान स्थानमा
जीवनको नृत्य छ, कला छ
अब, अब कहाँ गएर खोजौं
स्वयम् आफैसंग छ जीवन
सही दिशामा हिडौं या
गलत मार्गमा हिडौं ?

जीवनले हो जीवनले
मलाई नै पछ्याई रहेको छ
हो, यति मात्र बुझेको छु मैले
जुन दिन यो धर्ती छोड्ने छु
अनि जीवनले मलाई
सधैंको लागि छोडे पनि
जीवन फेरी नयाँ उर्जाका साथ
पुनः अर्को जन्म लिएर
सदाका लागि जवान रहने छ।।