Logo
२९ वैशाख २०८२, सोमबार

तेजवतिको नयाँ गीतिसंग्रह ‘मिखाया भाय्’ श्रोतामाझ

अक्षरपाटी
२०८० जेठ २४ , बुधबार ०७:०६ मा प्रकाशित

काठमाडौं। लामो समयदेखि नेपाली तथा नेपाल भाषाका गीत गाउँदै आएकी गायिका तेजवति जोशीको नयाँ गीत सार्वजनिक भएको छ।

जोशीले अग्रज संगीतकार जुगल डँगोलको एकल संगीत र आफ्नो एकल स्वरमा नेपाल भाषाको गीतिसँग्रह ‘मिखाया भाय्’ श्रोतामाझ ल्याएकी हुन।

यो संग्रहमा नेपाल भाषाको ४ वटा गीत समेटिएका छन्। गणतन्त्र दिवसको अवसर पारेर गीतिसँग्रह काठमाडौंमा सार्वजनिक गरिएको हो।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गीतिसँग्रहको लोकार्पण गरेका हुन्। सँग्रहको चारवटै गीतमा तेजवतीको एकल आवाज छ।

कार्यक्रममा गायिका तेजवतिले चारवटै गीत प्रत्यक्ष गाएकी थिइन्। सँग्रहको यमाजितः ‘गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो।

सबै गीतमा जुगल डँगोलको संगीत छ। संगीतकार जुगल डँगोलले सँग्रहमा रहेका गीतको संगीतबारे प्रकाश पार्दै नेवारी संगीतको परम्परा र शास्त्रीयता सम्बन्धि चर्चा गरे ।

गीतलाई लोकसँगै आधुनिक शैलीमा फ्युजन गरेर ल्याएको बताउँदै उनले यी गीत युवा पुस्तामा लोकप्रिय हुने विश्वास व्यक्त गरे।

गीतिसँग्रहलाई ससु–सखा संगीत पाठशालाले बजारमा ल्याएको हो । गीतहरु दर्शनबीर शाक्य, सुरजबीर बज्राचार्य, योगेन्द्र राजकर्णिकार र हरिराम महर्जन ‘ठेंचो’ले लेखेका हुन् ।

लोकार्पण समारोहमा बोल्दै लतिलपुरका मेयर चिरिवाबुले भने, ‘नेवारी कला संस्कृतिमा नेवारी संगीत अहिले पनि उच्च स्थानमा रहेको छ। यस्तै उत्कृष्ट गीतहरु आज तेजवतिको स्वरमा सुन्न पाईयो र सँग्रह विमोचन गर्न पनि पाईयो।’

सो लोकार्पण समारोहमा सँगीतकर्मीद्धय भृगुराम श्रेष्ठ र रत्न बहोसी बज्राचार्यलाई सम्मानित गरिएको थियो।