Logo
१८ कात्तिक २०८२, मंगलबार

ठूला दलहरु रास्वाको सातो जानेगरी घेराबन्दीको तयारीमा छन् : रवि लामिछाने

अक्षरपाटी
२०८० जेठ २७ , शनिबार ०२:०६ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पार्टीलाई ठूला राजनीतिक दलहरुले सातो जाने गरी घेराबन्दीको तयारी थालेको जिकिर गरेका छन्।

सभापति लामिछानेले काठमाडौंमा आयोजिन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘तपाईँहरुलाई लाग्ला रास्वपाको बाटो सहज छ, हो नेपाली जनताले देखाएको बाटो त सहज छ तर २०८४ मा हुने चुनावको सम्भावित नतिजा देखेर ठूला दलले सातो जानेगरी घेराबन्दीको तयारी गरिरहेका छन् तर हामी हराउँदैनौँ।’

उनले प्रमुख दलहरुले जतिसुकै घेराबन्दी गर्न खोजेपनि त्यसको सामना गर्ने बताए। २०८४ सालको चुनावमा रास्वपाले ल्याउने मतलाई लिएर प्रमुख दलहरु अहिले नै आत्तिसकेको उनको भनाइ थियो।

जनताले उच्च भरोसा गरेकाले जस्तोसुकै चुनौतीको सामना गर्ने उनले दृढता व्यक्त गरे।

रवि लामिछाने रास्वपा

ट्रेन्डिङ ( साप्ताहिक )