Logo
२९ वैशाख २०८२, सोमबार

फिल्म निर्देशक जिबि आग्री सम्मानित

अक्षरपाटी
२०८० जेठ २७ , शनिबार ०३:०६ मा प्रकाशित

कैलाली २७ जेठ। फिल्म तथा म्युजिक भिडियो निर्देशक जिबि आग्री सम्मानित भएका छन्। राजधानी काठमाडौंमा रहेर चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका आग्री सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा सम्मानित भएका हुन्।

उनलाई ‘सुपक राष्ट्रिय सम्मान २०८०’ बाट सम्मान गरिएको हो। कञ्चनपुरको पुनर्वासका स्थायी बासिन्दा आग्री दुई दशकदेखि काठमाडौंमा चलचित्र निर्माता तथा निर्देशकको रुपमा सक्रिय छन्।

आफ्नै कम्पनी रागभिजन मल्टिमुभिज प्राली स्थापना गरेर चलचित्र र म्युजिक भिडियो निर्माण गरिरहेका आग्रीले ठूलो पर्दाको नेपाली चलचित्र फुटपाथ, शर्ट फिल्म, जनचेतनामूलक नाटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइज, म्यानेजमेन्ट डकुमेन्ट्री निर्माणदेखि दर्जनौँ म्युजिक भिडियो निर्माण तथा निर्देशन गरिसकेका छन्।

निर्देशक आग्रीले म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ निर्माण तथा निर्देशन गरेका थिए। जुन केही समय अघि निकै चर्चामा रहेको थियो। जसमा महानायक राजेश हमाल र निरुता सिंहले अभिनय गरेका थिए।

उनी नेपाल चलचित्र निर्माता संघ र म्युजिक भिडियो निर्देशक समाजका सदस्य समेत हुन् । बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ बाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्डबाट सम्मानित भईसकेका आग्री दोस्रो बेलौरी कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ द्वारा पनि सम्मानित भैसकेका छ्न।

त्यसैगरि उनी रुप्शा कालिकोट सांस्कृतिक मेला २०७४ मा पनि सम्मानित भएका थिए। उनको योगदानको मूल्यांकन गर्दै ‘सुदूरपश्चिम श्रष्टा सम्मान २०७७’ टिकापुर कैलाली प्रदान गरिएको थियो।

शर्ट मुभी फेस्टिभल २०१४ मा उनले निर्माण गरेको ‘आर्मी एक परिचय’का लागि पनि उनलाई सम्मान गरिएको थियो।
त्यसैगरी ६० सेकेन्ड शर्ट मुभी फेस्टिभल २०१५ मा ‘आधा’ नामक शर्ट मुभीका लागि पनि उनी सम्मानित भएका थिए।