Logo
७ पुस २०८१, आईतबार

काकाकुल धरानमा पानी पुगेपछि हर्षले रोय हर्क

अक्षरपाटी
२०८० जेठ ३० , मंगलबार ०१:०६ मा प्रकाशित

धरान। लामो समयदेखि पिउने पानीको अभाव झेलिरहेको धरानमा सोमबार मध्येराति पानी पुगेको छ।

करिब ४२ किलोमिटर दुरीको कोकाहा खोलाको पानी धरान ल्याउन धरानका मेयर हर्क साम्पाङ सफल भएका छन्।

कुनै सरकारी वा गैह्रसरकारी बजेटबिनै धरानका मेयर राम्पाङको उत्प्रेरणाले स्थानीय जनताको श्रमदान अभियानबाटै धरानमा पानी झरेको हो।

सुरु गरेको ९८ औं दिनमा हिजो मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको थियो।

राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल भएका हुन्।

चर्को खडेरीले धरानमा खानेपानी अभाव भएपछि राई कोकाहबाट जसरी पनि पानी ल्याउने भन्दै जुटेका थिए।

उनको यो अभियान सफल भएपछि उनी मध्ये रातमा हर्सले रोयका थिए। पानी नल्याई धरान नै नफर्कंने वाचा गरेका थिए ।

मध्यराती १२ बजे कोकाहाको पानी धरानमा खसाल्दा मेयर साम्पाङ हर्षले भक्कानिएर रोएका हुन। सोमबार उनको योजनाले मूर्तरूप लिएपछि स्थानीयले पनि खुशीले गदगद भएका छन्।

कोकाहको पानी धरान ल्याउन श्रमदानमा जुटेका एक श्रमदाताले १०० दिनको आफूहरूको मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिए।

कोकाहको पानीले अहिले देखिएको खानेपानीको चर्को अभावलाई थोरै भए पनि राहत पुग्ने छ।

हर्क साम्पाङ