Logo
२९ वैशाख २०८२, सोमबार

अबिरल र सशीलाको ‘ओ हो नि’ सार्वजनिक

अक्षरपाटी
२०८० जेठ ३१ , बुधबार ०३:०६ मा प्रकाशित

काठमाडौं। गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ।

गीतमा शिव हमालको शब्द र संगीत, आशीष अबिरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ।

भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन्।

भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईको निर्देशन छ।