इटहरी। थारु चलचित्र उधोगको उत्थान र प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा ुतेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सवु आयोजना गरिएको छ।
थारु चलचित्र तथा सांस्कृतिक संघ केन्द्रिय कार्यसमितिको आयोजनामा भएको महोत्सव तथा सम्मान कार्यक्रमबाट नयाँ, पुराना थारु चलचित्रकर्मी तथा थारु चलचित्र उधोगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले जानकारी गराए।
कार्यक्रममा रेणु चौधरी, निलम चौधरी खवास, सोनु थारु, लक्ष्मी चौधरी, जानकी चौधरी, श्रीनिवास चौधरी, राजेन्द्र भगत, राजु राजदेव चौधरी, कुलदिप चौधरी, केशव रायमाझी, राजकुमार श्रेष्ठ, अरुण कुमार प्रधान, सुवास संकल्प, मेनुका माझी, जय चौधरी, देव कृष्ण बिश्वास, जनक चौधरी, कृष्णदोषी चौधरी, सोमा चौधरी, एण्डिसा चौधरी, वीर चौधरी, हिरा चौधरी लगायतलाई सम्मान गरिएको थियो।
बुधबार र बिहीवारसम्म चलेको महोत्सवमा पहिलो दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यता गरेका थिए।
दोश्रो दिन पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजय कुमार गच्छदारको प्रमुख आतिथ्यता गरेका थिए।
सम्मानित हुने ब्याक्तित्वहरुलाई प्रमुख अतिथि अमनलाल मोदि र बिजय कुमार गच्छदारसँगै आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले सम्मान पत्र प्रदान गरेका थिए।
महोत्सव तथा सम्मान कार्यक्रम पूर्वदेखी पश्चिमसम्म छरिएर रहेका थारु समुदायका कला, संस्कृति र पहिचानलाई फिल्मको माध्यमबाट उजागर र जगेर्ना गर्ने थारु चलचित्रकर्मीहरुको महाउत्सवको रुपमा लिइएको अध्यक्ष चौधरीले बताए।
महोत्सवमा २०४७ सालमा निर्माण भएको प्रथम थारु चलचित्र करमसहित हालसम्म निर्माण भएका १ सय १५ थारु फिल्म तथा ८० ओटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो।