Logo
२८ असोज २०८२, मंगलबार

पन्चेबाजाको नयाँ गीत ‘मयालाई’मा विजय र शरिष्मा

अक्षरपाटी
२०८० असार २ , शनिबार ०७:०६ मा प्रकाशित

काठमाडौँ २ असार। गायिका प्रेमा पूर्जा र गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको गीत ‘मयालाई’को भिडियो सार्वजनिक गरिएको छ।

म्याग्दीमा जन्मे हुर्केका गायक रसाईली र संगीतकार समेत रहेकी गायिका प्रेमाको सहकार्यमा गीत तयार भएको हो। गीतमा शब्द राजकुमार बगरका छन्।

भिडियो एरेन्ज गायक स्वयमले गरेका हुन भने मिक्सिगं तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।

लगनको महिनालाई लक्षित गरेर म्याग्दी र बाग्लुङ्गमा प्रचलित भाका मयालाई बजारमा ल्याइएको हो।

सार्वजनिक भिडियोमा मोडलद्वय विजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ।