Logo
२१ वैशाख २०८१, शुक्रबार

केल्मी ब्राण्डका नाममा नक्कली पोशाक बेच्ने तीन जना पक्राउ

अक्षरपाटी
२०८० असार ४ , सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं ४ असार। बजारमा केल्मी ब्राण्डका नाममा नक्कली सामान बिक्री हुने गरेको पाइएको छ।

केल्मीका खेलकुद पोशाकहरु नक्कली पाइएको गुनासो आएपछि नेपाल प्रहरीले काठमाडौं र पोखराका विभिन्न ठाउँमा छापा मारेको हो।

उपभोक्ताले केल्मीको लोगो देखेर किनेको सामान गुणस्तरहीन भएको उजुरी गरेका थिए।

नेपालको आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रालिले मात्रै देशका विभिन्न ठाउँहरुमा बिक्री केन्द्र तोकेको छ।

तर, काठमाडौं र पोखरमा नक्कली सामग्री बनाएर बिक्री वितरण गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरको छ।

पोखरामा रहेको ज्याकेट हाउटबाट ५ सय प्रति नक्कली केल्मीको पोशाकसहित ज्याकेट हाउसका सञ्चालकलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौंबाट पनि २ जना पक्राउ परेका छन्। एमकेसी, गार्मेन्ट भोटाहिटी र सुजन सिर्जना शिबम् रेडिमेन्ट स्टोर महाबौद्धबाट १२ सय थान केल्मीका अनाधिकृत लोगो अंकित सामग्रीसहित २ जना पक्राउ परेका छन्।

पक्राउ परेका मालिक र सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ। प्रिन्ट गर्नका लागि एक जना भारतीय पनि संलग्न रहेको र उनलाई मेसिनसहित नियन्त्रणमा लिएको जनाइएको छ।

केल्मी नेपाली खेलकुदमा परिचित नाम हो। नेपाली राष्ट्रिय क्रिकेट, भलिबल र मार्सल आर्टसका साथै ए क्लब फुटबल र नेपाली सेना, एपीएफ र नेपाल पुलिसका खेलाडीहरुलाई आधिकारिक प्रायोजन पनि गरेको छ।

केल्मीले देशभर २० वटा आउटलेट सञ्चालनमा ल्याएको छ, भने मुख्य शहरमा १३ वटा आधिकिरिक स्टोरहरु पनि छन्।

केल्मी